१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हाे : बाइडेन


1.482k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध भएकाे बताउनुभएकाे छ।

उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले युक्रेन र रुस विरुद्धयुद्ध युद्ध नलड्ने समेत स्पष्ट पार्नुभएको छ। नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्ने समेत उहाँले बताउनुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटमा यस्ताे लेख्नुभएकाे छ : स्पष्ट हुन चाहन्छु: हामी नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौं। तर हामी युक्रेनमा रुस विरुद्धयुद्ध लड्ने छैनौं। नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हो। र केहि हामीले रोक्न प्रयास गर्नुपर्छ।