२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित


78
Shares

काठमाडौं । आईसीसी महिला एक दिवसीय विश्वकपमा भारतले वेष्ट इण्डिजविरुद्ध फराकिलो जित हात पारेको छ ।

शनिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

३ सय १८ रनको फराकिलो लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४० ओभर ३ बलमा मात्र १ सय ६२ रन बनाउँदा अल आउट भयो ।

भारतको शानदार जितमा स्नेह रानाले ३ तथा मेघ्ना सिंहले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतका दुई ब्याटरले शतक प्रहार गर्दै ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।

जितसँगै भारत ३ खेलमा २ जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै वेष्ट इण्डिज समेत ३ खेलमा २ जित निकाल्दा ४ अंक रहेपनि नेट रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।