२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थप ७३ जनामा कोरोना पुष्टि, १ सय ९२ जना संक्रमणमुक्त


91
Shares

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ६२ जनामा गरिएको परीक्षणमा ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९२ जना संक्रमणमुक्त हुँदा कसैको पनि कोरोनाबाट ज्यान गएको छैन ।

देशभर अझै ५ हजार ५० जना सक्रिय संक्रमित रहँदा एकै दिनमा १ लाख १ हजार ३ सय ४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।