१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रेस चौतारीको अध्यक्षमा बस्नेत


221
Shares

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मतिले चयन हुनुभएको छ ।

पोखरामा भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो ।

महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो । बस्नेत यसअघि भएको महाधिवेशनबाट पनि अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

महाधिवेशनले १७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन हुनु भएको छ । महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन हुनुभएको छ ।

त्यस्तै सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा ईन्द्र आचार्य चयन हुनुभएको छ ।