महिलाहरु आफ्नै कमजोरीको कारण नेतृत्वदायी पदमा पुग्न सक्दैनन्

news

सन्जिव कार्की 

प्राकृतिक रूपमा नारी पुरुष भिन्न छन । असमान छन । आ आफ्ना विशेष क्षमताले सुसज्जित छन । तर नारा लाग्छ । नारी पुरुष बराबर हुन छ्न र हुनुपर्छ । यो बिरोधाभाष पुर्ण समानताको नारासँग म असहमत छु । यद्यपि नारी अधिकार, नारी स्वतन्त्रता, नारी हक र नारी सुरक्षाको लागि मेरो आवाज सँधै उठछ ।

विशेष क्षमता र गुण नारीमा रहेको हुन्छ । यही विशेष गुणकै कारण शारीरिक क्षमतामा नारी पुरुषमा भिन्नता छ । पुरुषले जस्तै कडा शारीरिक परिश्रम सबै महिलाले गर्न सक्दैनन् तर केही महिलाले पुरुषले भन्दा ज्यादा कठिन शारीरिक क्षमता प्रदर्शन गर्न सक्छन् । यसको अर्थ यो होइन कि नारी र पुरुष बराबर शारीरिक क्षमताका हुन्छन् ।

मलाई लाग्छ असमान तर विशेष भुमिका र फरकफरक क्षमताले स्त्री र पुरुष भिन्न छन्  । महिलाको सबाल र पिडा बुझ्न महिला हुनु आवश्यक हो तर सबल र सक्षम महिला अत्यावश्यक हुन्छ तर यहाँ कोरम पुर्याउन र समावेशी देखाउन मात्रै हर स्थान र हर क्षेत्रमा महिला प्रतिनिधित्व गराइन्छ जुन सर्बथा अनुचित र अस्वाभाविक हो ।

निर्णय क्षमता विहिन नारीलाई प्रतिनिधित्व गराएर नारी हक र अस्मिता छिन्ने निर्णय गराउन लगाउने परिपाटी हानीकारक छ । प्रतिनिधित्व थोरै रहोस तर निर्णय क्षमता प्रवल होस । आम नारीले ध्यान दिनुपर्ने र स्मरणमा राख्नुपर्ने कुरा के हो भने प्रतिनिधित्व अहम विषय होइन प्रभावकारी र हस्तक्षेपकारी प्रतिनिधित्व चै मुख्य सबाल हो ।

यहाँ नारी लगायत जात जातीको प्रतिनिधित्व केवल ल्याप्चे लगाउन र छडके किनाराको साक्षी बस्न मात्रै प्रयोग र उपयोग गरेको पाइन्छ । आफ्नो समुदाय, आफ्नो वर्ग र क्षेत्रको पक्षमा बोल्न लेख्न र हस्तक्षेप गर्न नसक्ने प्रतिनिधित्व र समावेशीता केवल बिधान र संविधानको प्राबधान उलंघन गरेको नदेखिन र कारवाहीबाट बच्न मात्र सहयोगी हुनेछ ।

महिला र विभिन्न जातजातीको प्रतिनिधित्व देखाएर कुटिल राजनीति गर्न छक्काउन भुलाउन काम लाग्छ वास्तविक पिडामा मलम लगाउन सक्दैन । प्रतिनिधित्वले व्यक्तिको उन्नति होला हुन सक्ला तर सबल र सक्षम  प्रतिनिधित्वले मात्रै महिला समुदायको हित गर्न सक्छ । समग्र महिलाको ध्यान दिन सक्छ  समुदायको हितको पक्षमा निर्णय गराउन सक्छ । 

समानता, स्वतन्त्रता र स्वाधीनता केवल शब्दमा आदर्श फलाक्न देख्न पाइन्छ तर व्यबहारमा पाउन सँधै कठिन छ । नारी माथि शोषण दमन अन्याय र अत्याचार गरिने संस्कार हाम्रो देशमा मात्रै होइन ,छैन विगत देखि नै नारीलाई दोश्रो दर्जाको नागरिक ठान्दै आइएको सत्य हो आज पनि संविधान र नियम कानुनमा बराबरी र समान हैसियत लेखिए पनि व्यबहारस्यो लागू भएको छैन ।

पुरुषवादी मानसिकताबाट महिलालाई आज पर्यन्त हेयको दृष्टि राख्द्छ । जनप्रतिनिधि मुलक संस्थामा नारीको प्रतिनिधित्व आकर्षक नारा बनेको छ । स्थानीय निकायमा करिब ४१ प्रतिशत प्रतिनिधित्वको हौवा फिजाएर अन्यत्र ३३ प्रतिशत सुनिश्चितता केन्द्रिय मन्त्री मण्डल गठन गर्दा देखि प्रदेस स्तरीय मन्त्री मण्डल सम्ममा पुर्याउन सकिएको छैन ।

पार्टीहरुको केन्द्रिय नेतृत्वमा पनि महिला प्रतिनिधित्वको सबालमा  बिजोग छ । तर पनि महिला अधिकार र महिला मुक्तिको कुरा पार्टीहरु लाज नमानेर नै गर्छन् । महिलाहरु पत्याएर नै पार्टीको पछि लाग्छ्न र नयाँ रुप र स्वरुपमा ठगीमा पर्छन् । आफ्ना लागि र आफ्नो समुदायको लागि महिलाहरुले के बुझ्नु जरुरी हुन्छ भने पार्टीको बधुवा मजदुर र कमरा कमारी जस्तै बनेर विवेक बन्धक राखेर पार्टी व्हिपमा सरण पर्दा महिलाले महिलाको बारेमा निर्णय गर्न सक्तैनन् र महिला मुक्तिको आन्दोलनले छिटो गन्तव्य पाउन सक्दैन । 

आफ्नो पार्टीको कमजोर पुरुषलाई भोट दिने अरु पार्टी र स्वतन्त्र तर अब्बल नारीलाई भोट नदिने नारी र महिलाअधिकारकर्मीले नारी दिवस र महिला प्रतिनिधित्व पुगेन भनेर चिच्याउनु हास्यास्पद छ । सार्थक नारी अधिकारको पक्षमा रहने सबै नर नारीहरुलाई नारी दिवसले रचनात्मक र सिर्जनात्मक सहयोगी अनि परस्परमा विश्वासयोग्य बन्न प्रेरित गरेर महिला अधिकारको रक्षार्थ पार्टीको बन्धन र साँङ्लो चुढाएर स्वतन्त्र विवेकको प्रयोग गर्न सक्नुपर्छ ।

नारी दिवसमा यो संकल्प सबै महिला अगुवा र महिला नेतामा हुनुपर्छ अन्यथा नेताले छुट्टायाएको कोटामा आफ्नो भाग सुरक्षीत गर्न खोजेर महिला प्रतिनिधित्व र महिला मुक्ति हुन नसक्ने प्रष्ट छ । महिलाहरु आफ्ना कमजोरीको कारण पनि नेतृत्वदायी पदमा पुग्न सक्तैनन् जसको उदाहरण शिवमाया तुम्बाहाम्फेको सभामुख पदमा रोकावट रह्यो । संसद भित्र र बाहिरका सबै महिलाहरूले, महिलाअधिकारवादीले एक स्वर र एक मुखमा बोल्नुपर्नेमा स्वंय नेकपा भित्रका महिलाहरूले समेत एक भएर बोल्न सकेनन् ।

पार्टीलाई दवाव दिन सकेनन । उल्टो गुटगत राजनीतिको शिकार बनेर सभामुखमा महिला पुग्ने अवसरमा घात गरे । सबल र सक्षम महिला उम्मेद्बार छोडेर कमजोर पुरुष पात्रलाई भोट गर्ने पार्टीहरुको व्हिप र लगाम रहुन्जेल , पार्टीको त्यो टाइपको दासता स्वीकारगरुन्जेल महिला स्वतन्त्रता र समानताको आन्दोलन निर्बल र विचरा बनिरह्न्छ ।

मौसमी नारीवाद र नारी अधिकारकर्मीहरुले सदावहार महिला अधिकार कर्मीमा आफूलाई रुपान्तरण गरेर गम्भीर समीक्षा नगरेसम्म आज नारीहरु जुन हबिगत र अवस्थामा छन अरु दशकौ यस्तै अवस्था रहन सक्छ । “इक्वोल फर एर्भीवन” अर्थात् ‘प्रत्येकका लागि समान” नारा दिएर हरेक वर्ष जस्तै यो वर्षपनि अन्तर्राष्ट्रिय नारी दिवस संसारभरी मनाइएको छ ।

संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘म आत्मसात गर्दैछु महिला अधिकार समानता दशक” राखेको छ। यसको पालना शासन प्रशासन र घर मुलिको डाडु पन्यू लिएर बसेका आम पुरुषले आफ्नो घर देखि कार्यलय सम्म गर्नुपर्ने देखिन्छ । पुरुषले मेरो हक खोज्न आएकी भनेर महिलालाई बुझ्ने र सो मुताबिक व्यबहार गरेको कारण महिलाहरुको हक र स्वतन्त्रता कुन्ठित भएको यथार्थ मनन गरेर जानुमा सामाजिक न्याय प्रतिबिम्बित हुन सक्छ । महिलालाई प्रोत्साहन , महिलालाई अधिकार, महिलालाई शिक्षा र महिलालाई अवसर प्रदान गर्न सकियो भने घर, समाज सभ्य र देश सभ्य हुने वास्तविकता नभुलौ ।

 सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको  विभिन्न देशका  समाजवादी महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्ष विश्वभर  ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउन माग गर्यो  ।

सन १९११ मा रास्ट्रसंघले उक्त प्रस्ताव पारित गरि मनाउन शुरु गरे यता  मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउँदै आइएको छ । सन् १८५७ मा अमेरिकाको गार्मेन्ट कारखानामा काम गर्ने श्रमिक महिलाहरुले कामको आधारमा निश्चित ज्यालाको मागसहित गरेको प्रदर्शनलाई विश्वका महिलाहरुको आन्दोलनको सुरुवातको रुपमा लिने गरिएको छ । 

आज पनि नेपालमा महिला र पुरुषले सामान काममा पाउने ज्याला असमान छ । दैनिक १७ घन्टा काम गरेपनी कामको मुल्यांकन छैन । श्रम र ज्यालामा भएको असमानताको अन्त्य नहुँदा सम्म लैंगिक हिंसा पनि अन्त्य हुँदैन । यहि सत्यलाई बोध गर्दै यस बर्ष महिला रोकिए संसार रोकिन्छ भन्ने नारा लिएर बिबिध कार्यक्रम हुनेछ । सन्तान उत्पादन देखी सबै कामहरुमा महिला रोकिने हो भने पक्का संसार रोकिन्छ । त्यसैले महिलाको मावनअधिकारको सम्मान गरौं १

११० सौं महिला दिवसको उपलक्ष्यमा सबै नर नारीलाई हार्दिक बधाई र शुभकामना । महिला दिवसमा होइन आचारण र हर व्यबहारमा मनाइनु पर्छ ।  नारालाई व्यबहारमा रुपान्तरण गरौं । महिलाको सम्मान भनेको सभ्यता र आचारसंहिताको सम्मान हो । हामीले बाँचेको यूगको सम्मान हो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...