२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कोरोना संक्रमणको जोखिम घटेसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थाले


78
Shares

काठमाडौ । कोरोना संक्रमणको जोखिम कम भएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्न थालेको छ ।

गत वर्ष मार्च महिनामा १ सय ३७ पर्यटक एबीसी पुगेकोमा यस वर्ष भने मार्चको पहिलो सातामै १ सय ३४ जना पर्यटक त्यहाँ पुगेका छन् । जनवरीदेखि हालसम्म ३ सय ४४ जना पर्यटक एबीसी पदयात्रामा पुगेको अन्नपुर्ण धारापानी चेकपोष्टले जनाएको छ ।

गत वर्षको जनवरीमा दुई जना विदेशी पर्यटक आएकामा यस वर्ष जनवरीमा मात्रै ४१ जना पर्यटक पदमार्गमा आएका छन् । यस वर्ष फेब्रुअरीमा १ सय ६९ जना पर्यटक भित्रिएका छन् । अन्नपूर्ण पदमार्गमा मार्च, अप्रिल र मे साथै सेप्टेम्बर अक्टोबार र नोभेम्बर महिना पर्यटकका लागि सिजन मानिन्छ ।

पदमार्ग लमजुङको बेँसीसहरबाट सुरु भएर मनाङ हुँदै मुक्तिनाथ निस्किएर म्याग्दी हुँदै पोखरा पुगेर टुङ्गिन्छन् । एबीसी सर्किट पूरा गर्न २१ दिन लाग्छ ।