
काठमाडौँ । भारतीय राज्य ओडिसामा एक जना सांसदले भिडमा गाडी कुदाउँदा ७ प्रहरी र पत्रकार सहित २२ जना घाइते भएका छन् ।
ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाउँदा २२ जना घाइते भएका हुन् । केही घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।
भिडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किएपछि रोकिएको थियो । आक्रोशित भिडले जगदेवलाई मरणासन्न हुनेगरि कुटपिट गरेका छन् ।
उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सो क्षेत्र तनावग्रस्त भएका कारण सुरक्षाकर्मीको तैनाथी बढाईएको छ ।
प्रतिक्रिया दिनुहोस्