१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युवा पत्रकारिता पुरस्कारबाट चार सञ्चारकर्मी सम्मानित


65
Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कारबाट चार जना सञ्चारकर्मीलाई सम्मानित गरेको छ ।

मन्त्रालयले आइतबार युवाका क्षेत्रमा कलम चलाउने चार सञ्चारकर्मीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार सहित सम्मानित गरेको हो । सम्मानित हुने सञ्चारकर्मीहरुमा सञ्चारिका समूहकी बसन्ती बास्तोला, सुदूरआज डटकमका पूर्णबहादुर खड्का, खबरकुञ्ज डटकमका सिताराम ओझा र नेपाल प्रेस डटकमका केशवबहादुर भुल रहेका रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सम्मानित सञ्चारकर्मीलाई पुरस्कार राशिको चेक र सम्मानपत्र प्रदान गर्नुभएकाे छ ।