३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रकाश सपुतको गीतका विषयमा उत्तेजित हुनुपर्दैन : अध्यक्ष प्रचण्ड


10.881k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतले ल्याएको ‘पिर’ बोलको गीतका विषयमा कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिनुभएको छ ।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला उहाँले यस्ताे बताउनुभएको हो ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज (साेमबार) बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भईरहने बताउनुभयो ।

माओवादी जनयुद्ध शान्तिपूर्ण तरिकाले रुपान्तरण हुन ठिक थियो कि गलत भन्ने बहसलाई स्वभाविक रुपमा लिनुपर्ने उहाँको बुझाई छ । आफू कतार, मलेसियालगायतका खाडी मुलुक जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानी गरेको समेत अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो ।

यसअघि माओवादीका पूर्वनेता तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि गीतले ‘जनयुद्धको’ विरोध नगरेको प्रतिक्रिया दिनुभएकोथियो । साे गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।