
काडमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउनु परेको दाबी गर्नुभएको छ ।
‘घर घर जाऔं,कांग्रेस जिताऔं’ भन्ने एक महिने चुनावी अभियान अन्तर्गत सोमबार काठमाडौँको मिनभवनमा गरिएको एक कार्यक्रममा नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसम्मत सुधारको प्रयास थालिएको जिकीर गर्नुभयो । अमेरिकी सहयोग परियोजना एमसिसीमा कुनै प्रकारको राष्ट्रघात नभएको पनि नेता सिंहको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्