
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
समितिले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाईको काम प्रारम्भ हुने बताउनुभयो ।
उहाँले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालालाई जारी गरिने बताउनुभयो ।
सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्