५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


चेल्सीका मालिकसहित ३३ व्यवसायी र उनका परिवारलाई अस्ट्रेलियामा प्रतिबन्ध


403
Shares

एजेन्सी । अस्ट्रेलियाले रुसका चर्चिच ३३ व्यवसायी र उनीहरूका परिवारमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धमा पर्ने प्रख्यात व्यवसायी रोमन एब्रामोविच पनि रहेका छन् । अर्बपतिको सूचीमा रहेका एब्रामोविच चेल्सी फुटबल क्लबका मालिक समेत हुन् ।

उनका साथै एलेक्से मिलर, दिमित्री लेबेदेव, सर्गेई चेमेजोव, निकोलाय टोकारेव, इगोर शुवालोव र किरील दिमित्रिवमाथि प्रतिबन्ध लगाएको बीबीसिले जनाएको छ ।

रुसको लागि आर्थिक तथा रणनीतिक महत्व राख्ने व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको अस्ट्रलियाले पुष्टि गरेको छ ।

अस्ट्रेलियाली सरकार युक्रेनको संप्रभुता, क्षेत्रीय अखंडता र युक्रेनी जनताका लागि दृढ समर्थन रहेको स्पष्ट पारेको छ ।

यसअघि अमेरिका र बेलायतलेपनि रुसी व्यवसायीमाथि प्रतिबन्ध लगाइसकेका छन् ।