
काठमाडौं । वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ ।
डकुमेण्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको उल्लेख गरिएको छ ।
स्वदेश फर्किएपछि कसरी वीपी राजनेता बन्न सफल भए भन्ने पनि डकुमेण्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ ।
डकुमेन्ट्री हेरेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले दक्षिण एशियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका काण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बिपीले चालेका कदमको प्रशंसा गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालल वीपीको कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसिक कदमका रूपमा चित्रण गर्नुभयो । त्यो बेलामा वामपन्थी कम्युनिष्टहरूले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेन्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा उहाँको छ ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेन्ट्री अति उपयोगी भएको बताउनु भयो । उहाँले यो डकुमेन्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने बताउन सक्ने जिकिर गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेण्ट्रीमा वीपीको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रम समेटिएको र यसले इतिहासको संरक्षण भएको बताउनुभयो । राजनीतिक विश्लेषक डा. राम थपलियाले वीपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताउनुभयो ।
पोखरेलले वीपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्वपूर्ण रहेको बताउनुभयो । ‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेन्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्