
एजेन्सी । भारतीय अभिनेता आमिर खान ५७ वर्ष पुगेका छन् ।
उनले सोमबार आफ्नो ५७ औं जन्मदिन मनाए । उनलाई भारतीय कलाकार लगायत विश्वका विभिन्न व्यक्तिहरुले जन्मदिनको शुभकामना दिएका छन् । उनी सन् १९७३ बाट बाल कलाकारको रूपमा अभिनय यात्रा सुरु गरेका थिए । त्यस्तै उनले सन् १९८८ मा ‘कयामत से कयामततक’ बाट अभिनेताको रूपमा अभिनय सुरु गरेका थिए ।
उनको लोकप्रियताको सिलसिला भने सन् २००९ मा फिल्म थ्री ईडिएट्सबाट सुरु भएको थियो । उनी अभिनेता मात्रै नभएर निर्माता, निर्दशक, लेखक र रियालिटी सो प्रस्ताोता पनि हुन् । खानले विभिन्न अवार्ड समेत पाएका छन् । उनको दिल हे कि मानता नहि,जो जिता वहि सिकन्दर, रंगिला दिल, राजा हिन्दुस्तानी, लगान, थ्री इडिएट्स, दंगल,पिके जस्ता थुपै सुपरस्टार फिल्महरू रहेका छन् ।
उनले आफ्नो पहिलो श्रीमती रिना दत्तासँग सम्बन्ध बिच्छेदपछि किरण रावसंग विवाह गरेका थिए । तर, सन् २०२१ मा किरणसंग पनि सम्बन्ध बिच्छेद गरेका छन् ।
उनको फिल्म धेरै जस्तो सामाजिक विषयवस्तुमा जोडिएका हुन्छन् । उनी भारतमा मात्रै नभइ चीन र नेपालमा पनि उतिकै रुचाइएका कलाकार हुन् ।
प्रतिक्रिया दिनुहोस्