
बुटवल, साउन २४ । प्रदेश नम्बर–५ को प्रदेशसभाले स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेको छ ।
बिहीबार बुटवलमा बसेको प्रदेशसभाको बैठकले १५ सदस्यीय समिति घोषणा गरेकोे हो ।
प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घतीले १५ सदस्यीय समिति घोषणा गरेका थिए ।
समितिलाई तीन महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामबारे अध्ययन गरी प्रतिवेदन बुझाउने समय दिइएको छ ।
प्रदेशका पश्चिम नवलपरासी र पूर्व रुकुम जिल्लाबाट समितिमा कसैलाई पनि प्रतिनिधि राखिएको छैन ।
प्रदेशको अस्थायी राजधानी हाल रुपन्देहीमा रहेको छ ।
प्रदेशसभाको दोस्रो अधिवेशन बिहीबार (आज) राति १२ बजेदेखि अन्त्य हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्