२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


म्यान्चेस्टर सिटी बराबरीमा रोकियो


104
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो बराबरीले लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुललाई फाइदा पुगेको छ ।

लिगमा २९ खेलबाट म्यान्चेस्टर सिटीको ७० अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ भने दुई खेल कम खेलेको चेल्सी ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको आर्सनलको ५१ अंक छ ।

जारी लिगमा वाट्फोर्ड, बर्नले र नरिच सिटी भने रेलिगेशन जोनमा रहेका छन् ।