
काठमाडौं । युनेस्को विश्वसम्पदा क्षेत्रमा रहेको बसन्तपुर डबलीमा राति कंक्रिट संरचना बनाउन कामदार सहित आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटेर पठाएका छन् ।
स्थानीयको विरोध र पुरातत्त्व विभागले निर्माण कार्य रोक्न निर्देशन दिंदा पनि अटेर गरि सोमबार राति उनीहरू निर्माण कार्य गर्ने आएका थिए ।
स्थानीय र निर्माण व्यवसायीका प्रतिनिधि बीच भनाभन भएपछि प्रहरी रोकेको थियो ।
काठमाडौं महानगरले बसन्तपुर डबलीमा केही दिन अघि कंक्रिट संरचना रातारात बनाएको थियो । अभियन्ताले डबलीमा मापदण्ड विपरीत कंक्रिटको संरचना बनाउँदा विश्वसम्पदामा नै गम्भीर असर पुग्ने भएकोले तत्काल निर्माण कार्य रोक्नु पर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्