
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित निकोलेको छ ।
सोमबार राति भएको खेलमा रियलले मालोर्कामाथि ३–० को सानदार जित निकोलेको हो ।
मालोर्काको मैदानमा भएको खेलमा रियललाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जिमाले दुई गोल गरे । यसैगरी ब्राजिलियन खेलाडी भिनिसियस जुनियरले एक गोल थपे ।
खेलको ५५ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछि ८२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए ।
जितसँगै तालिकाको शिर्ष स्थानमा रहेको रियलले दोस्रो स्थानको सेभियासँग १० अंकको अग्रता लिएको छ ।
लिगमा २८ खेलबाट रियलले ६६ अंक जोडेको छ । समान खेलबाट सेभियाको ५६ अंक रहँदा २७ खेलबाट ५१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । मालोर्का २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्