१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘अध्यक्ष भएर बत्ती बाल्न बोलाउनुभाको होला, लौ त बाल्दिएँ’


3.432k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्न दिएकोमा अखिल नेपाल महिला संघलाई धन्यवाद दिनुभएको छन् ।

बुधबार संघले गरेको कार्यक्रममा ठट्टा गर्दै ओलीले आफूलाई बत्ती बाल्न र रिवन काट्न दिएकोमा धन्यवाद दिनुभएको हो । उहाँले महिलाहरुले सधैं घरमा बत्ती बाल्ने आफूले कहिलेकाहिँ मात्र पाउने भएकाले खुसी भएको बताउनुभयो ।

‘संघभित्र बत्ती बाल्ने र रिवन काट्ने विषयलाई लिएर धेरै विवाद हुने गरेको देखेको छु,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूले घरमा दिनकै बत्ती बाल्नुहुन्छ, अध्यक्ष भएको भएर मलाई बत्ती बाल्न बोलाउनुभाको होला, लौ त भनेर मैले पनि बाल्दिएँ ।’

अध्यक्ष ओलीले पार्टीका पुरुष नेताहरूलाई बत्ती बाल्न र रिवन काट्न मात्रै धेरै आशा नगर्न पनि आग्रह गर्नुभयो । उहाँले संघको कामकारबाहीमा अनावश्यक हस्तक्षेप नगर्ने भन्दै जिल्ला कमिटीहरूमा आपसी सहमतिमा पदाधिकारी चुन्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले महिलाको ३३ प्रतिशतको अवधारण अखिल नेपाल महिला संघले ल्याएको दाबी गर्नुभयो । विद्यादेवी भण्डारीको अगुवाइमा २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाले महिलाको ३३ प्रतिशतको अधिकारी सुनिश्चित गरेको जिकिर गर्दै माओवादी जनयुद्धले अधिकार ल्यायो भन्नु भ्रम रहेको बताउनुभयो ।