१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिभिजन अन्तरवार्तामा कपिलको पक्षमा उभिए अनुपम खेर


2.587k
Shares

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले कमेडियन कपिल शर्माको पक्षमा उभिएका छन् ।

‘द कश्मीर फाइल्स’ फिल्मको प्रचार नगरेको आरोप खेपिरहेका कमेडियन शर्माको पक्षमा सोही फिल्मका मुख्य पात्र उभिएका हुन् ।

उनले कपिलले फिल्मको प्रचारको लागि आफूलाई फोन गरेको र आफूले नै जान अस्वीकार गरेको स्पष्ट पारेका छन् ।

एक टेलिभिजन अन्तरवार्तामा खेरले कपिल शर्मा शो कमेडी शो भएको र फिल्म गम्भीर विषयमा भएको भन्दै जान अस्वीकार गरेको बताए ।

‘कपिलले दुई महिनाअघि फोन गरेर मलाई निम्ता गरेको थियो,’ उनले भने, ‘तर, फिल्म गम्भीर विषयमा छ र शो फन्नी छ, त्यसैले म्यानेजरलाई भनेर मैले शोमा नजाने निर्णय गरेको हुँ ।’

उनले थपे, ‘हामी र हाम्रो फिल्मको विषयमा कपिलको गलत भावना छ जस्तो मलाई लाग्दैन ।’

अनुपम खेरको प्रष्टिकरणपछि कपिल शर्माले उक्त अन्तरवार्ताको भिडियो क्लिप रिट्वीट गरेका छन् ।

आफूमाथि लागेका आरोपहरुको बारेमा स्पष्ट पारेकोमा धन्यवाद दिँदै कपिलले सत्य नबुझी आफूप्रति माया दिएकाहरूलाई व्यङ्ग्य गर्दै धन्यवाद दिएका छन् ।