
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ ।
मंगलबार संसद् अधिवेशनको अन्त्य भएकाे भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा एमालेका एक नेताले साे बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिनुभएकाे हाे । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्