
जनकपुर । जनकपुरधाममा मिथिला महोत्सव हुने भएको छ ।
मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा, संरक्षण र विकासको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि ३० गतेसम्म हुने जानकारी दिइएको छ ।
महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुती समेत रहने आयोजक पवनराज जोशीले बताउनुभयो ।
महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ ।
एक दिनमा चार हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।
जनकपुरधामको बाह्र विघा मैदानमा हुने महोत्सवमा करिब ९४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्