
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका–१२ नरैनापुरमा भारतबाट अवैध रूपमा नेपाल ल्याइएका ब्रोइल कुखुराका चल्ला नष्ट गरिएको छ ।
विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो ।
बरामद गरिएको चल्लाको मूल्य अन्दाजी १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । वीओपी कृष्णनगरमा पत्रकार, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीयको रोहबरमा चल्ला नष्ट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्