
फाइल तस्बिर
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर पठाएको छ ।
नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो ।
बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ । यहि अनुसार महिनाको १० अर्ब बढी नोक्सानी पुग्ने निगमले जनाएको छ ।
निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा तथा डिजेलमा ३६ रुपैयाँ ४४ पैसा नोक्सानी छ । मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ ।
अहिलेको अवस्थामा पेट्रोलको खरिद लागत १ सय ८२ रुपैयाँ ८१ पैसा, डिजेलको १ सय ६९ रुपैयाँ ४४ पैसा पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्