११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पछिल्लो २४ घण्टामा ८२ जना कोरोनाका नयाँ संक्रमित थपिए


39
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६ हजार १ सय ७५ जनामा नमुना परीक्षण गर्दा देशैभर गरेर ८२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यसैगरी बुधबार २१३ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशेभर गरेर सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ७४ रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।