
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयमित भएर होली मनाउन आग्रह गरेको छ ।
बुधबार सूचना जारी गर्दै प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले घरपरिवार भन्दा बाहिर गएर समूहमा भेला भई होली नखेल्न आग्रह गरेको हो ।
प्रहरीले घरका छत र झयालबाट जबरजस्ती रङ, लोला र पिच्कारी नहान्न, मादक पदार्थ सेवन नगर्न, दुई जनाभन्दा बढी एउटै मोटरसाइकलमा नचढ्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको हो ।
पर्वको नाममा धार्मिक साम्प्रदायिक सदभावमा खलल पुग्ने क्रियाकलाप नगर्न र समुदायमा शान्ति कायम गर्न पनि उसले आग्रह गरेको छ ।
अटेर गरेमा कानुनी कारबाही गर्ने प्रहरीको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्