१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खाना खाएकै भरमा करोडौं कमाउने यी युवती


273
Shares

एजेन्सी । क्यानडाकी २७ वर्षकी एक युवतीले खाना खाएकै भरमा मासिक करोडौँ रुपैयाँ कमाउँने गरेकी छिन् ।

नाओमी म्याक्रे नामकी यी युवती खासगरि एक युट्युबर हुन । उनले युट्युब मार्फत खाना खाएको भिडियो सार्वजनिक गर्ने गर्छिन् ।उनको युट्युब च्यानलको नाम हुन्नीबी एएसएमआर हो । उनले यस च्यानलमा २६ मार्च २०१७ मा पहिलो भिडियो सर्वजनिक गरेकी थिइन् । अब अहिले उनको ७६ लाख भन्दा बढी सब्सक्राइबर छन् ।

बेलायती पत्रीका ‘द सन’ को एक रिपोर्ट अनुसार उनी क्यानडाको ओन्टारियोमा बस्दै आएकी छिन् । उनी संसारको सबैभन्दा ठूलो एएसएमआर (स्वायत्त सेन्सरी मेरिडियन प्रतिक्रिया) युट्युबर्स मध्ये एक हुन् । उनी प्रत्येक महिना ११ करोड भन्दा बढी यो च्यानल मार्फत कमाउँछिन् । उनको भिडियोलाई करोडौँले हेर्ने र मन पराउने गरेका छन् ।

नाओमीका अनुसार उनको भिडियो हेर्ने ८५ प्रतिशत मान्छेहरू २ वर्षदेखि ३० वर्ष उमेर समुहका रहेको छन् । उनको परिवार परम्परागत भएपनि उनको भिडियोहरू भने हेर्ने गरेको उनी बताउँछिन् । उनी भिडियोमा स्याम्पेनको बोतल र काँइयो जस्ता चिजहरू खादै गरेको देखिन्छिन् ।तर, यो बोतल र काँइयो खान योग्य सामानले बनेको हुन्छ ।

उनको यस्तै एउटा भिडीयो ८ करोढ भन्दा बढीले हेरिसकेका छन् । उनको च्यानलमा यस्ता धेरै भिडियोहरू छन् । जसमा उनी धेरै जथाभावी खानेकुरा खाएको देखिन्छिन् । केहि भिडियोमा भने उनी चाउचाउ, बर्गर जस्ता खानेकुरा खाइरहेकी देखिन्छिन् ।