१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गर्‍यो : महामन्त्री थापा

'निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन'

3.926k
Shares

काभ्रे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीलाई गाडीको संज्ञा दिँदै उहाँले आन्तरिक झगडाका कारण गन्तव्यमै नपुगी गाडी दुर्घटना गराएपछि भिरपाखामा ‘हामी यहाँ छौं’ भनेर कराइरहेकाहरूलाई कांग्रेसले उद्धार गरेको बताउनुभएको हो ।

नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कम्युनिष्ट पार्टीले भ्रमको व्यापार गरिरहेकोसमेत आरोप लगाउनुभयो । थापाले कम्युनिष्ट पार्टीमा दोहारो चरित्र देखिएको पनि बताउनुभयो ।

सरकारमा र प्रतिपक्षमा रहँदा एउटै विषयमा देखिएको फरक–फरक भूमिका र सरकारमै रहेर देखाएको दोहोरो चरित्रले भ्रम र भयको व्यापार गरिरहेको स्पष्ट हुने महामन्त्री थापाको तर्क छ । आगामी निर्वाचनमा उनीहरूको दोकान कांग्रेसले बन्द गर्ने उहाँको दाबी छ ।

निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा आफू रहेको थापाको भनाइ छ । ५ वर्षका लागि जनतासँगै मौका माग्ने भन्दै उहाँले नेपाललाई मान्छे बेच्नेको देशबाट सामान बेच्नेको देश बनाउने बताउनुभयो ।

कतार र मलेसिया गएका युवालाई स्वदेश फर्काउने र जान चाहनेका लागि यहि देशमै अवसर सिर्जना रोक्ने थापाको भनाइ छ ।