
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गको खेलमा नेपालले पपूवा न्यूगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण दुई विकेटको जित निकालेको हो ।
२ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी छँदा ८ विकेट गुमाएर संघर्षपूर्ण जित निकालेको हो ।
नेपाललाई जित दिलाउन रोहित पौडेलले ५८ रनकाे अर्धशतकीय पारी खेले । यस्तै आरिफ शेखले ४९ रन बनाउँदा करण केसीले नटआउट २९ रनको योगदान गरे ।
आशिफ शेख १६, विनोद भण्डारी ११, सोमपाल कामी ८, ज्ञानेन्द्र मल्ल ४ र कुशल भुर्तेल १ रन बनाएर पेभेलियन फर्कँदा कप्तान सन्दीप लामिछाने विना रन नटआउट रहे ।
बलिङतर्फ पीएनजीका नोरमन भानुवा, अलि नाओ र रिली हेकुरीले दुई–दुई विकेट लिँदा चाड सोपर र असन भालाले एक विकेट हात पारे ।
त्यसअघि युएईको सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनायो ।
उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । टोनी उरा २७, लेगा सियाका २५, असन भाला १९, नरमन भानुवा २३, चाड सोपर ३५ रनमा पेभेलियन फर्कँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले तीन विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक–एक विकेट हात पारे ।
जितसँगै नेपाल १० अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।
यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पपुवा न्युगिनीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
ओमान २८ खेलमा १७ मा जित र ९ मा हारसहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी १४ खेलमा १४ वटै हारेर पुच्छारमा छ ।
प्रतिक्रिया दिनुहोस्