१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसी राष्ट्रपति पुटिनको आलोचना गर्ने २३ वर्षीया मोडलको शव सुटकेसमा भेटियो


13.598k
Shares

एजेनसी । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई मनोरोगी भनेर अलोचना गर्ने एक रुसी मोडलको शव एउटा सुटकेशमा भेटिउको छ ।

२३ वर्षीय रुसी मोडल ग्रेटा वेडलर १ वर्षदेखि बेपत्ता भएतापनि उनको सामाजिक सञ्जाल एकाउन्ट भने चलिरहेको थियो । तर उनको शव एउटा सुटकेशमा भेटिएपछि उनको हत्या भएको खुलासा भएको हो ।

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई मनोरोगी भनेपछि गे्रटा पहिलोे पटक चर्चामा आएकी थिइन् । अन्तर्राष्ट्रि संचार माध्यमका अनुसार ग्रेटाको हत्या उनका पुर्वप्रेमी दिमित्री कोरोभिनले गरेका थिए । कोरोभिनले ग्रेटाको घाँटी थिचेर हत्या गरेर त्यसपछि शवलाई कारको डिक्की मा राखेका थिए । पुर्वप्रेमी कोरोभिनले आफूले गरेको अपराध स्वीकार गर्दै ग्रेटाको हत्या गरेर ४४२ किलोमिटर रुसको लिपेटस्कसम्म लगेर शवलाई कारको डिक्कीमै बेवारिसे अवस्थामा छोडेको प्रहरी समक्ष बयान दिएका छन् ।
पैसाको विवादका कारण कोरोभिनले ग्रेटाको हत्या गरेको बताएका छन् । यो हत्यामा र ग्रेटाको राजनीतिक सम्बन्ध नभएको बताइएको छ । कोरोभिनले घटनाको अनुसन्धाकर्ताहरूलाई उनी तीन रात होटलको कोठामा ग्रेटाको शवसँगै सुतेको थिए । ग्रेटाको मुत्युपछि कोरोभिनले उनको सामाजिक सञ्जाल आफैँले चलाउदै आएका थिए, ताकि कसैले उनको मृत्यु वा बेपत्ता भएको शंका नगरोस् भनेर । तर कोरोभिनले ग्रेटाको हत्या गरेको स्वीकार गरेका छन् ।

युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसी मोडल ग्रेटाको शव भेटिएपछि धेरै प्रश्न उठेका छन् । वास्तवमा ग्रेटाले एक वर्षअघि राष्ट्रपति पुटिनको खुलेर आलोचना गरेकी थिइन् । त्यसपछि उनी बेपत्ता भएकी हुन् । तर, अहिले उनको शव फेला परेको छ र उनको पूर्व प्रेमि कोरोभिनले आफ्नो अपराध स्वीकार गरेका छन् । रुसी प्रहरीले यो घटनाबारे थप अनुसन्धान गरिरहेको संचारमाध्यमले जनाएका छन् ।