
काठमाडौं, चैत १ । प्राध्यापक एवं साहित्यकार डा. दुर्गाप्रसाद भण्डारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
एक हप्ताअघि ह्याम्स अस्पताल भर्ना भएका साहित्यकार भण्डारी लामो समयदेखि अल्जाइमर्स तथा फोक्सोसम्बन्धी रोगबाट पीडित थिए ।
उनको शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
भण्डारीको रोटी र फुल, त्यो घर्ती त्यो आकाशलगायत निबन्धसंग्रह प्रकाशित छन् ।
भण्डारीले लामो समय त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा अध्यापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्