
काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना र इटालीको एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
राउण्ड अफ सिक्सटिन अन्तर्गत दोस्रो लेगको खेलमा बिहीबार राति टर्कीको गालातासारेलाई २–१ ले हराउँदै बार्सिलोना क्वाटरफइनलमा पुगेको हो ।
बार्सिलोनाको जितमा पेड्री र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे । गालातासारेका मार्कोस डोले पहिलो गोल गरेका थिए । यी दुई टोलीबिचको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको २८ औं मिनेटमा मार्कोस डोले गोल गर्दै गालातासारेलाई १–० को अग्रता दिलाए । तर, ३७ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ४९ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
युरोपा लिगकै अन्य खेलहरुमा विजयी हुँदै इटालीको एटलान्टा, इंग्ल्याण्डको वेष्ट ह्याम युनाइटेड, सर्वियाको रेडस्टार बेलग्रेड, पोर्चुगलको स्पोर्टीङ ब्रागा, जर्मनीको फ्र्याङ्कफर्ट र फ्रान्सको लियों पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ।
रुसको स्पार्टा मस्को र जर्मनीको आर.बी लेप्जीगबिचको खेल भने रद्द गरिएको छ । रुसले युक्रेनमा सैन्य हमला गरेको विरोधमा फिफा र युएफाले रुसको राष्टिय टोली तथा क्लबहरुलाई फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको कारण यो खेल रद्द गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्