१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मकवानपुरमा बस दुर्घटनाः मृतकको पहिचान खुल्यो (अपडेट)


78
Shares

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ ।

शुक्रबार बिहान हेटौंडाबाट यात्रु बोकेर नारायणगढ तर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको बस सुनाचुरी नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने एक दर्जनौं यात्रु घाइते भएका थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का २२ वर्षका सुवास श्रेष्ठ र बसका यात्रु २९ वर्षका शम्भू दराई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते मध्ये ९ जनाको भरतपुरमा उपचार भइरहेको छ ।