
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित इतुमबहालमा कुमार तथा कुमारी पूजा सम्पन्न भएको छ ।
कोरोना महामारीपछि पहिलो पटक यो पूजा सम्पन्न भएको हो ।
यसअघि हरेक वर्ष कुमार तथा कुमारी पूजा गरिँदै आएको थियो । स्वनिगः पासापुचःले आयोजना गरेको कार्यक्रममा झण्डै ४ सय बालबालिकालाई सहभागी गराइएको थियो ।
पूजा समारोहका लागि स्थानीयबासी तथा विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । नेवार समुदायभित्र बालबालिकालाई कुमार तथा कुमारीको रुपमा पूजा गर्ने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्