
काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० ले पराजित गर्दै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।
म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएर सनसनी मच्चाएको मिड्ल्सब्रो चेल्सीसँग भने पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्