२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एस्टन भिल्लामाथि आर्सनलको संघर्षपूर्ण जित


65
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

आर्सनलको जितका बुकायो साकाले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरे जुन गोल आर्सनलको जितका लागि पर्याप्त बन्न पुग्यो ।

जितसँगै आर्सनल तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ७०, दोस्रो स्थानमा रहेको लिभरपुलले ६९, तेस्रो स्थानमा रहेको चेल्सीले ५९ अंक जोड्दा चौथो स्थानमा रहेको आर्सनलले ५४ अंक जोडेको छ । पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ५० अंक जोडेको छ । पराजय ब्यहोरेको एस्टोन भिल्ला ३९ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।