
काठमाडौं । नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलिले रेडपाण्डाको छाला बिक्री वितरण हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक होटलको १०५ नम्बर कोठाबाट रेडपाण्डाको २ थान छालासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्