२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेट लिग–२ : युएईले दियाे २ सय ३ रनको लक्ष्य


65
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन बनाएको हो ।

उसका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए, भ्रीत्या अरविन्द २४, वसील हमीद १७ र अलिशाख शराफू २१ रन बनाएर आउट भए । अन्य खेलाडीले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए । सोमपाल कामी र करण केसीले दुई–दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको खातामा एक–एक विकेट गयो ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।