
काठमाडौं । देशभर थप ४५ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ५२ जनामा नमुनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
आज देशभर १ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएनन् ।
प्रतिक्रिया दिनुहोस्