१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँकेमा म्यादी प्रहरीको फर्म भर्नेको भिड


65
Shares

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेहरूको भिड लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँके जिल्लामा १ सय ३६ ओटा मतदान केन्द्र र करिब ६९ किलोमिटर खुल्लासीमाको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

अधिकारीले बाँके जिल्लाका लागि १ हजार ६ सय ८६ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी रहेको बताउनुभयो ।

आइतबारबाट भर्ना खुल्ला भएकाले आइतबार नै एक हजार जनाले फर्म भरेका छन् । फर्म भर्नेको धेरै भीड रहेकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले जनाएको छ ।

फर्म भर्ने काम सकिएपछि १५ गतेबाट शारीरिक परीक्षण गर्दै २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ ।

म्यादी प्रहरी जवानले ४० दिनको ४४ हजार चार सय ४४ रुपैयाँ तलब पाउने छन् । उनीहरूको बीमा लगायतका अन्य सुविधा नेपाल प्रहरीको जवानसरह हुनेछ ।