२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी


52
Shares

कैलाली । धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् ।

पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो ।

१ सय ८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो ।

६८ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ दशलमब २ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५ लाख र दोस्रो हुनेले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ७ प्रदेशका १९ वर्ष मुनिका महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

प्रतियोगिता ११ गतेसम्म चल्नेछ ।