
काठमाडौं । नेकपा (एमाले)को पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका छन् ।
घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थप्नुभएको थियो । भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष केपी ओली निकट नेताहरूले त्यसको विरोध गरेका थिए ।
भूसालले एमाले वाम एकताको मूल प्रवाह रहेको, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण नभएको र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक रहेको तर्क गर्नुभएको थियो ।
भूसाल र पन्तले राखेको प्रस्तावको जवाफ दिँदै अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालले एकताको ढोका खुला राख्नुपर्ने धरातल नै नराखेकाले उहाँहरूलाई एमालेले पुन एकताका लागि ढोका खुलै राख्नुपर्ने आवश्यकता नभएको जवाफ दिनुभएको थियो ।
उहाँले दाहाल र नेपालले झ्याल ढोका फोरेर गएकाले एकता सम्भव नभएको प्रष्ट पार्नुभयो । दाहाल र नेपालबाहेकका तलका नेता कार्यकर्तालाई स–सम्मान पार्टीमा ल्याउन सकिने ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्