२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सबै नागरिकका घरमा खानेपानी पुर्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा


208
Shares

झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका घरमा खानेपानीको पहुँच पु¥याउन सरकार प्रतिबद्व रहेको बताउनुभएको छ ।

पाँचथरको तुम्बेवामा आयोजित आङना मौवा पाँचथर बृहद पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि २०७४ सालमा निर्माण सुरु भएको उक्त आयोजनाको परीक्षण सफल भएपछि संघीय खानेपानी ढल व्यवस्थापन आयोजना, तुम्बेवा गाउँपालिका र खानेपानी सरसफाई उपभोक्ता समितिले प्रधानमन्त्री देउवा सहित खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा उद्घाटन गराएको हो ।

तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६ सय ४ घरधुरीमा खानेपानी पु¥याउने उद्देश्यका साथ आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार एक हजार ६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ । मौवा बजारका करिब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ ।

चौधरीका अनुसार आयोजनाको हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो ।

असार २०७४ बाट आयोजना निर्माण थालिएको थियो । ४५ करोड २० लाख नौ हजार ४०६ रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो ।