
खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ ।
सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेबल पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।
५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैयाँको लागतमा निर्माण भएको पुल २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेटमा पुल निर्माण सम्पन्न भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको विशेष पहलमा निर्माण सम्पन्न पुलको उद्धाटन गर्न प्रधानमन्त्री देउवा सँगै, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे खोटाङ आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्