१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना पुनः पक्राउ


1.274k
Shares

कैलाली । कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले धरौटीमा रिहा गरेका ३ जना पुनः पक्राउ परेका छन् ।

मुद्दाको पुनरावेदन हुँदा उनीहरूलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड््का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका छन् ।

उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरूलाई पक्राउ गरी मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको कात्तिक २३ गते हत्या भएको थियो । हत्या आरोप लागेका ८ जना अझै पनि फरार छन् भने १२ जनालाई पक्राउ गरी कैलाली प्रहरीले अनुसन्धान गरेको थियो ।