२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एकदिवसीय र टी–२० सिरिजका लागि ज्ञानेन्द्रविनाको टोली घोषणा


780
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी–२० सिरिजको लागि पूर्वकप्ता ज्ञानेन्द्र मल्लबाहेकको राष्ट्रिय टोली घोषणा गरेको छ ।

सन्दीप लामिछानेको कप्तानी छुट्टा–छुट्टै टोली घोषणा गरेको क्यानले विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र शरद भेषावकरलाई पनि टीममा राखेको छैन ।

ज्ञानेन्द्र र विनोद जारी आईसीसी विश्वकप लिग–२ को स्वाडमा भने समावेश छन् ।

नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते एकदिवसीय सिरिज खेल्दैछ भने चैत १४ देखि २१ गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी–२० सिरिज हुनेछ ।

दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।