
काठमाडौं । इजरायलको एक शपिङ मलमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ।
घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समहुमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो ।
छुरा प्रहार गर्ने ब्यक्ति एक बस चालकले गरेको गोली प्रहारबाट मारिएका छन् । आक्रमणकारी अरब मुलका इजरायली नागरिक भएको अनुसन्धानबाट खुलेको छ । इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजायँ भोगेर मुक्त भएका ब्यक्तिले आक्रमण गरेको पनि खुलेको छ । इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो ।
इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनाप्रति खेद प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्