१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


रुसका एक पत्रकारले युक्रेनी शरणार्थीलाई गरे सहयोगकाे घोषणा


260
Shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा अरुको देशमा शरण लिन पुगेका युक्रेनी शरणार्थीका लागि रुसकै एक पत्रकार दिमीत्री मुरातोभले सहयोगकाे घोषणा गरेका छन् ।

पत्रकार मुरातोभले आफूले पाएको नोबल शान्ति पुरस्कारको मेडल लिलामीमा राख्ने घोषणा गर्दै लिलामीबाट उठेको रकम युक्रेनी शरणार्थीका लागि उपलब्ध गराउने बताएका हुन् । नोभाया ग्याजेट पत्रिका मार्फत आफनो इच्छा प्रकट गर्दै उनले आफूले पाएको मेडल थन्काएर राख्नु भन्दा युद्धको मारमा परेका शरणार्थीका लागि आर्थिक सहयोग गर्न चाहेको सार्वजनिक गरेका हुन ।

उनले लिलामीबाट उठेको रकम युक्रेनी शरणार्थीलाई बाँड्न, घाइते र बालबालिका जसलाई तुरुन्तै उपचारको खाँचो छ उनीहरुलाई सहयोगका लागि आफूले निर्णय गरेको जनाएका छन् । नोभायाका सम्पादक समेत रहेका मुरातोभले नोबेल शान्ति पुरस्कारमा प्राप्त नगद रुसका स्वतन्त्र मिडिया र स्पाईनल समस्यामा रहेका बालबालिकाका लागि खर्च गरेका थिए ।

रसियाली पत्रकार दिमीत्री मुरातोभले सन् २०२१ मा नोबेल शान्ति पुरस्कार ग्रहण समेत गरेकाथिए ।