
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना हुन दुई दिनमै ८३ हजार बढीले आवेदन दिएका छन्
चैत ६ गतेबाट देशैभरी एकसाथ म्यादी प्रहरीका लागि खोलिएको आवेदनमा २ दिनमा ८३ हजार ५ सय ९८ जनाले आवेदन दिएका हुन् । अझै थप ३ दिन आवेदन दिने समय बाँकी छ ।
आवेदन दिनेमा आइतबार ७ प्रदेश र उपत्यकाबाट ६ हजार ४ सय ९४ महिला र २३ हजार २ सय ९९ पुरुष गरी ३० हजार २ सय ९९ को दरखास्त परेकोमा सोमबार ११ हजार ९ सय ३२ महिला र ४१ हजार ३ सय ६७ पुरुष गरी ५३ हजार २ सय ९९ को आवेदन परेको हो ।
आवेदन खुला गरिएको दुई दिनमै तोकिएको कोटा बराबरको दरखास्त परिसकेको छ । २०७९ वैशाख ३० मा ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यको एकसाथ एकै दिन निर्वाचन हुँदै छ ।
१ लाख म्यादी प्रहरीलाई ४० दिनको कार्यअवधि तोकेर ४० दिनको कार्यअवधिमा पारिश्रमिक वापत एकमुष्ट ३० हजार २ सय ४०, पोसाकको ६ हजार, रासनभत्ताको एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चवापत प्रतिव्यक्ति एक हजार पाउने छन् ।
यो रकम दुई किस्तामा उपलब्ध गराईने मापदण्डमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्