१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल टेलिकमको बोनस रोक्न कर्मचारीको माग


2.21k
Shares

काठमाडौं । नेपाल टेलिकमका कर्मचारी युनियनहरुले टेलिकमको पूँजी बढाउनेगरि बोनस शेयर रोक्न माग गरेका छन् ।

नेपाल टेलिकमले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव ल्याएपछि कर्मचारीहरु त्यसको विरोधमा उत्रिएका हुन् । नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनले संचालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर दिएर टेलिकमको पूँजी १८ अर्ब पुर्याउन खोजेको भन्दै विरोध भएको हो । बोनस वितरणको प्रस्ताव आत्माघाती हो भन्दै कर्मचारी संगठनले साे प्रस्ताव तत्काल रद्द गर्न माग गर्न सरकारको समेत ध्यानाकर्षण गराईएको छ ।

पूँजी संरचना र त्यसको समुचित प्रयोग सम्बन्धमा कुनै अध्ययन नै नगरी एकाएक पूँजी वृद्धिको प्रस्ताव गरिनु खेदजनक रहेको संगठनको भनाइ छ । संचालक समिति दूरसंचार क्षेत्रका माफियाको प्रभावमा परेको भन्दै संगठनले बोनस वितरणको प्रस्तावले राष्ट्रिय ढुकुटीमा समेत प्रत्यक्ष नकारात्मक असर पार्ने जिकीर गरेको छ ।

संगठनका महासचिव तेजबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा ब्यापारिक घरानीयाको प्रभावमा परेर बोनस बाँड्ने निर्णय गर्दा देशकै अग्रणी संस्था क्रमशः धरासायी हुने दावी गरिएको छ ।